काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

दैलेख। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणामअनुसार पोखरेलले १० हजार २३४ मत गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक मतका साथ पछ्याइरहेका छन्। नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही तीन हजार १४२ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ। ‘अहिले गणना भइरहेको छ, बाँकी र वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ’, अधिकृत कँडेलले भने।

कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।