काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। निर्वाचनको पुर्व सन्ध्यामा रास्वपाले आयोजना गरेको परिवर्तन सभामा नेपाली कम्युनष्टि पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेका रहबर अन्सारी निर्वाचित भएका छन।

सो पार्टीबाट प्रदेश सभामा सदस्य रहेका अन्सारीले मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने क्रममा आफनो अनुहारमा कालो पोत्दै विद्रोह गरेका थिए।

उनले कालो पोत्दै विश्वासको मत नदिने निर्णय गरेसंगै उनलाई साथ दिएका माला कर्ण सहित प्रदेश सभाको बैठक बहिष्कार गरेका थिए । सोनल सरकार ढलेको थियो। अन्तिम समयमा आएर रास्वपामा प्रवेश गरेका थिए । रास्वपामा प्रवेश गरेसंगै अहिलेको लहरमा उनि निर्वाचित भएका छन।

अन्सारीले बारा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका नेता किसान श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका छन। अन्सारीले ४१ हजार २ सय मत प्राप्त गरेका थिए भने श्रेष्ठले ११ हजार ६सय ३९ मत प्राप्त गरेका छन।

त्यसैगरि जसपा नेपालका उम्मेदवार सन्जु साह कानुले ७ हजार ५सय ९३ मत प्राप्त गरेका थिए। त्यसैगरि नेपाली काँग्रेसका उम्मेदवार श्याम बाबु गुप्ताले ७ हजार १सय १३ मत प्राप्त गरेका छन।