काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पहिलो पटक मधेस प्रदेशमा अधिकांश सिटमा अगाडि देखिएका छन्।

रास्वपाले मधेस प्रदेशको चार स्थानमा जित हासिल गरेको छ भने २६ स्थानमा अगाडि रहेको छ।

रास्वपाका उम्मेदवार मनिष झाले धनुषा निर्वाचन क्षेत्र नम्बर ३, प्रमोद कुमार महतोले महोत्तरी क्षेत्र नम्बर १ मा, अरविन्द साहले बारा क्षेत्र नम्बर ३ र बुद्धिप्रसाद पन्तले पर्सा क्षेत्र नम्बर १ मा विजयी भएका छन् ।

त्यसैगरी, रास्वपाका सप्तरी १ मा पुष्पाकुमारी चौधरी, सप्तरी २ मा रामजी यादव, सप्तरी ३ मा अमरकान्त चौधरी, सप्तरी ४ मा सिताराम साह अगाडि रहेका छन्।

त्यसैगरी, सिरहा क्षेत्र नम्बर १ मा पूर्व मन्त्री बब्लु गुप्ता, क्षेत्र नम्बर २ मा शिवसंकर यादव, क्षेत्र नम्बर ३ मा शम्भु कुमार यादव, क्षेत्र नम्बर ४ मा तपेश्वर यादव अगाडि रहेका छन् ।

त्यैगरी, धनुषा क्षेत्र नम्बर २ मा रामविनोद यादव, क्षेत्रनम्बर ४ मा राजकिशोर महतो अगाडि रहेका छन्।

महोत्तरी क्षेत्र नम्बर २ मा दिपककुमार साह, क्षेत्र नम्बर ३ मा उज्वलकुमार झा, क्षेत्र नम्बर ४ मा गौरी कुमारी अगाडि छन्।

त्यसैगरी, सर्लाही क्षेत्र नम्बर १ मा नितिमा भण्डारी कार्की, क्षेत्र नम्बर २ मा रविन महतो, क्षेत्र नम्बर ३ मा नरेन्द्र साह कलवार, क्षेत्र नम्बर ४ मा अमरेशकुमार सिंह अगाडि रहेका छन्।

त्यसैगरी, रौतहट क्षेत्र नम्बर १ मा राजेशकुमार चौधरी, क्षेत्र नम्बर ३ मा रविन्द्र पटेल, क्षेत्र नम्बर ४ मा गणेश पौडेल अगाडि रहेका छन्।

बारा क्षेत्र नम्बर १ मा गणेश धिमाल, क्षेत्र नम्बर २ मा चन्दन कुमार सिंह, क्षेत्र नम्बर ४ मा रहबर अन्सारी अगाडि छन्।

यस्तै, पर्सा क्षेत्र नम्बर २ मा शुसिल कुमार कानु, क्षेत्र नम्बर ३ मा रामाकान्त प्रसाद चौरशीया र क्षेत्र नम्बर ४ मा टेक बहादुर शाक्य अगाडि छन्।