काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
रमेश सापकोटा।
अ+
अ-

सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशकुमार सापकोटा विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार सापकोटाले ३० हजार ८२६ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणकुमार कोइरालासँग उनी १४ हजार ४३४ मतान्तरले विजयी भएका हुन्।

कोइरालाले १६ हजार ३९२ मत ल्याएका छन्। नेकपा एमालेका कुलमणि देवकोटाले १३ हजार १५५ मत पाएका छन्।

हालसम्म रास्वपाबाट कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्येमा निर्वाचित हुने सापकोटा एकमात्र उम्मेदवार हुन्। सल्यानबाहेक अन्य क्षेत्रमा रास्वपा दोस्रो स्थानमा समेत आएन।