बागलुङ। बागलुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्काले २० हजार ९२७ मतका साथ विजयी भएका छन्।
दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीसले ११ हजार ९४४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार हिराबहादुर खत्रीले आठ हजार ६४० मत प्राप्त गरेका छन्।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीले जम्मा चार हजार ५२१ मत पाएका छन्।
कुनै बेला राष्ट्रिय जनमोर्चाको वर्चस्व रहेको बागलुङमा नेपाली कांग्रेसको पनि राम्रो पकड थियो। यसपटक रास्वपाले दुवै क्षेत्रमा जित हासिल गरेको हो।
बागलुङकै क्षेत्र नम्बर २ मा रास्वपाकै सोम शर्मा १२ हजार ६४७ मतका साथ निर्वाचित भएका छन्। नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मतसहित दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेका छन्। बागलुङमा यस पटक राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीले चुनावी एकता गरेका थिए। क्षेत्र नम्बर १ मा जनमोर्चा र २ मा नेकपाका उम्मेदवार थिए।