काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ।  नेपाली कांग्रेसका नेता शेखर काेइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत ल्याएका छन् ।