जनकपुरधाम। मधेसका दुई चर्चित मधेश केन्द्रीय दलका नेता मतगणनामा पछाडि परेका छन्।
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र जनमत पार्टीका नेता डाक्टर सिके राउत दुवै जना मतगणनामा पछाडि परेका हुन्। सप्तरी २ बाट उम्मेदवार रहेका डाक्टर राउतले २ हजार ३६४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।
सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले ५ हजार ९ सय ५४ मत प्राप्त गरी अग्रता लिएका छन् भने दोस्रो स्थानमा जसपा नेपालका उमेश यादव २०९७७ मत प्राप्त गरी रहेका छन ।त्यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा जसपा नेपालका उपेन्द्र यादव दोस्रो स्थानमा रहेका छन्।
सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले ६ हजार ७० मत प्राप्त गरी अग्रता लिएका छन्। तेस्रो स्थानमा भने नेपाली कांग्रेसका दिनेश कुमार यादव २०००८७८ मत प्राप्त गरेका छन ।