काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपालीहरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को हङकङ कमिटी गठन भएको छ।

एएनओको सम्मेलनले युवा व्यवसायी बिक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको हो। कमिटीको उपाध्यक्षमा अजय राई, महासचिवमा सुकु लिम्बू, सचिवमा अनोज रोक्का, कोषाध्यक्षमा सोफिया गुरुङ र प्रवक्तामा सुरेश याक्सो छानिएका छन्। त्यसैगरी सदस्यमा सरला तामाङ, टपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनू राना, विन्नी लामा राई र करन तामाङ छानिएका छन्।

सम्मेलनले अहिले विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा मध्यपूर्वमा बसोबास गरिरहेका नेपालीको सुरक्षालाई नेपाल सरकारले विशेष ध्यान पुर्याई उचित कदम चाल्न प्रस्ताव पारित गरेको छ।

एएनओकी केन्द्रीय सदस्य खुसी गुरुङको सभापतित्वमा भएको सम्मेलन हङकङ सरकारको डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले शनिबार साँझ संयुक्त रूपमा उद्घाटन गरेका थिए।