काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

बर्दिया। बर्दिया निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी  विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिष्ट पार्टीका विष्णुप्रसाद चौधरीले नौ हजार २८५ मत प्राप्त गरेका छन्।