काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ फाल्गुन २०८२
खड्ग शाही।
अ+
अ-

सुर्खेत। मुगुमा नेपाली कांग्रेसका खड्ग शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

आइतबार आएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका शाही एक हजार १९६ मतान्तरले निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत पाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत ल्याएका छन् भने रास्वपाका भुवन टमटाले २८० मत ल्याएका छन्।

नेकपा माओवादीका रंगवीर परियारले २८०, राप्रपाका बलबहादुर मल्लले २०३ र प्रलोपाका ऐटनकुमार मल्लले २२ मत पाएका छन्।


२४ फाल्गुन २०८२
अ+
अ-

कर्णाली। मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले ५ हजार ६१७ मत प्राप्त गरी विजयी भएका हुन्। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरले हराएका हुन्। रोकायले पाँच हजार एक मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले दुई हजार ४४० र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३७१ मत प्राप्त गरे।

मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यो निर्वाचन क्षेत्रमा ३६ हजार ६०५ कुल मतदाता रहेकामा २२ हजार १६८ मत खसेको थियो।