काठमाडौँ। सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका छन्।
उनी ४१ हजार २७७ मतान्तरले विजयी भए। थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत पाए।
यसैगरी, नेकपा (एमाले)का सुजन लामाले आठ हजार ३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत ल्याए। यस्तै, नेपाली कम्युनिस्ट पार्टीकी रामकुमारी चौधरीले एक हजार ८१६ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार बस्नेतले एक हजार २८७ मत ल्याए।