काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ फाल्गुन २०८२
अ+
अ-

डोल्पा। हिमाली जिल्ला डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याई उनी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायसँग १ हजार ४ सय ६ मतान्तले विजयी भएका हुन् ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवार एमालेका उम्मेदवार रोकायले ५ हजार ३ सय ९६ मत ल्याएर पराजित भएका छन्।

त्यसैगरी नेपाली काङ्ग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गरेर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देव सिँह ऐडीले १ सय ८१ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद डाँगीले ९२ मत,स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले ५४ मत प्राप्त गरेका छन्।