बर्दिया। प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन्।
पोखरेलले २९ हजार ६७८ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार ४०२ मत ल्याए। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार १८० मत र नेकपा एमालेकी विमला विकले १० हजार ७७२ मत ल्याइन्।
यो क्षेत्रमा ९२ हजार ६१८ मत खसेको थियो। जसमध्ये ८८ हजार १३० मत सदर तथा चार हजार ४८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए।