काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

सोलुखुम्बु। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन्।

मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार असीम राईले नौ हजार ४१४ मत प्राप्त गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार कल्पना राईले आठ हजार २२८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ऋषिधन राईले तीन हजार ६४२, श्रम संस्कृति पार्टीका बीएस राईले तीन हजार ३६३ मत प्राप्त गरेका छन्।

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ मत खसेको थियो।