काठमाडौँ। अछाम २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्। ४७२ मतान्तरले उनी विजयी भए।
बोगटीले नौ हजार ५१८ मत ल्याए। उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पबहादुर शाहले नौ हजार ४६ मत पाए।
नेपाली कम्युनिस्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भूपदेव शाहले चार हजार ५६२ मत ल्याए ।