प्रतिनिधिसभा निर्वाचन
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरदर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नम्बर १० मा एक हजार २२६ मत बदर भएको छ। यो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन्। ६० हजार ४४१ मत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएका थिए।
निर्वाचन क्षेत्र नम्बर ९ मा ९३३ मत बदर भएको छ। कुल ७८ हजार ४९५ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ७४० मत खसेको थियो। यो क्षेत्रमा ५१ हजार ८०७ मत सदर भएको थियो। निर्वाचन क्षेत्र ८ मा ६२३ मत बदर भएको छ। यहाँ कुल मतदाता ५७ हजार ८११ छन्। ३७ हजार ७९४ मत खसेकामा ३७ हजार १७१ मत सदर भएको थियो।
निर्वाचन क्षेत्र ७ मा ८०५ मत बदर भएको छ। ६८ हजार ६८५ कुल मतदाता रहेको यो क्षेत्रमा ४४ हजार ८५७ मत खसेको थियो। यहाँ ४४ हजार ५२ मत सदर भएको थियो। निर्वाचन क्षेत्र ६ मा ८११ मत बदर भएको छ। ६७ हजार ७५९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४८ मत खसेको थियो। यहाँ ४४ हजार ४३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ।
निर्वाचन क्षेत्र ५ मा ९०२ मत बदर भएको छ। कुल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा ५१ हजार ९६९ मत खसेको थियो। ५१ हजार ६७ मत सदर भएको थियो। निर्वाचन क्षेत्र ४ मा ८६२ मत बदर भएको छ। कुल ७६ हजार २५१ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ९६३ मत खसेको थियो। खसेकोमध्येमा ५० हजार १०१ मत सदर भयो।
निर्वाचन क्षेत्र ३ मा ९४० मत बदर भएको छ। ६४ हजार ४७९ कुल मतदाता रहेको यस क्षेत्रमा ४४ हजार १९० मत खसेको थियो। खसेकोमध्ये ४३ हजार २५० मत सदर भएको थियो। निर्वाचन क्षेत्र २ मा एक हजार ९५ मत बदर भएको छ। कुल ८८ हजार ७०८ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ४४१ मत खसेको थियो। खसेकोमध्ये ५८ हजार ३४६ मत सदर भएको थियो। निर्वाचन क्षेत्र १ मा ४३४ मत बदर भएको छ। कुल मतदाता ५५ हजार २९२ रहेको यस क्षेत्रमा ३२ हजार ३१४ मत खसेको थियो। जसमध्ये ३१ हजार ८८० मत सदर भएको थियो।
देशभर कति मत बदर भयो भन्ने मंगलबार सबै मतगणना सकिएपछि भन्न सकिने आयोगले जनाएको छ। अहिलेसम्मको विवरणअनुसार तीनदेखि चार प्रतिशत मत बदर भएको अनुमान गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। आज बेलुकीसम्म समानुपातिक प्रणालीतर्फको ९५ लाख २३ हजार मतगणना सकिएको पनि उनले सुनाए।