प्रतिनिधिसभा निर्वाचन
नेकपाले सात स्थानमा जित्दा श्रम संस्कृति पार्टीले जित्यो तीन सिट
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दुई क्षेत्रबाहेक सबैको मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १२५ उम्मेदवार विजयी भएका छन्।
पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका १८ उम्मेदवारले प्रत्यक्षतर्फ जित हासिल गरेका छन्। यसैगरी नेकपा एमालेका आठ उम्मेदवार विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सात उम्मेदवार विजयी भएका छन्।
हर्क राई (साम्पाङ) ले चार महिना अघि खोलेको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन स्थानमा जित हासिल गरेको छ। राप्रपाले भने जुम्लाबाट एक स्थानमा मात्र जित हासिल गर्दा म्याग्दीबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका महावीर पुन विजयी भएका छन्।
अब संखुवासभा र धनुषा १ को नतिजा आउन मात्र बाँकी छ। पछिल्लो मतपरिणामअनुसार संखुवासभामा नेकपा एमालेका तर्फबाट अर्जुन कार्की १२ सय मतले अग्रता लिइरहेका छन्। उनले १२ हजार ५८९ मत ल्याउँदा रास्वपाका मिङमा शेर्पाले ११ हजार ३८४ मत ल्याएका छन्। यसैगरी कांग्रेसका दिपनकुमार श्रेष्ठ भने १० हजार मत ल्याएका छन्।
उता धनुषा १ को मतगणना रोकिएको छ। रास्वपाका उम्मेदवार किशोरी साह कमल कालोसूचीमा परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। उनी सर्वोच्च गएपछि अदालतले नै मतगणना स्थगित गर्न आदेश दिएसँगै यहाँको गणना रोकिएको हो ।
यो पनि…