काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ फाल्गुन २०८२
सुधन गुरुङ।
अ+
अ-

गोरखा। गोरखा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ विजयी भएका छन्।

मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन्।

नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

चौथो स्थानमा एमालेका रामचन्द्र लामिछानेले मत ३ हजार ७३२ मत प्राप्त गरे।