काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२५ फाल्गुन २०८२
अ+
अ-

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता बनेकामा बधाई दिएका छन्।

क्रेमलिनको वेबसाइटमा पोस्ट गरिएको सन्देशमा पुटिनले लेखेका छन्‚ “मोज्तबा खामेनी इस्लामिक गणतन्त्र इरानको सर्वोच्च नेता बनेकामा मेरा तर्फबाट धेरै बधाई।”

उनले तेहरानप्रतिको समर्थन र साझेदारी रहीरहने प्रतिबद्धता पनि जनाएका छन्। “रूसले तेहरानका लागि आफ्नो अटुट समर्थन र आफ्ना इरानी साथीहरूसँग ऐक्यबद्धता दोहोर्‍याउँछ। हामी एक भरपर्दो साझेदार रहने वाचा गर्छौं।”

उनले इरानी जनतामाथि आफ्नो बुबाको कामलाई सम्मानपूर्वक गर्नका लागि सुझाव पनि दिएका छन्। “इरानले सशस्त्र आक्रमणको सामना गरिरहेको बेला, यो उच्च पद ग्रहण गर्न ठूलो साहस र समर्पणको आवश्यकता पर्नेछ‚” उनले लेखेका छन्‚ “मलाई विश्वास छ कि तपाईंले आफ्नो बुबाको कामलाई सम्मानपूर्वक अगाडि बढाउनुहुनेछ र यी कठिन समयमा इरानी जनतालाई एकताबद्ध गर्नुहुनेछ।”

इरानमा आयतोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा निर्वाचित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनी चुनिएकामा असन्तुष्टि व्यक्त गरेका छन्।