काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा तीन लाख १६ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।