स्टक मार्केट
रिलायन्स स्पिनिङको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा धेरै ङादीका लगानीकर्ताले कमाए
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२.०८ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.११ प्रतिशतले घटेको नेप्से २८४३.३५ अंकमा रोकिएको हो।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ४.४० अंकले घटेर ४८९.६९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले कम हो।
सेयर बजारमा मंगलबार ३२९ कम्पनीको दुई लाख पाँच हजार ६११ पटकको कारोबारमा पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज १७८ कम्पनीको सेयर मूल्य घटेको छ। ७८ कम्पनीको सेयर मूल्य बढ्दा पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो। नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा तीन समूहका उपसूचक बढ्दा बाँकी १० समूहका उपसूचक राताम्मे बने।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक १.२७‚ विकास बैंक १.१६‚ फाइनान्स २.०६‚ होटेल तथा पर्यटन‚ १.८५‚ जलविद्युत् १.४५ तथा लगानी १.४८ प्रतिशतले घट्यो।

यसैगरी जीवन बिमा समूह ०.५१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह १.८२ र लघुवित्त समूह ०.१७ प्रतिशतले ओरालो लाग्यो। म्युचुअल फन्ड १.४३ र निर्जीवन बिमा ०.४७ प्रतिशतले बढ्यो। अन्य समूह १.४० र व्यापार समूहको सूचक २.१२ प्रतिशतले ओरालो लाग्यो।
नेप्सेमा मंगलबार रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्थात् रिलायन्सका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे। यस्तै हिमस्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले ६.३६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा पनि सबैभन्दा बढी ङादीकै २४ लाख नौ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ।