काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ।  वेस्ट ह्यामले सोमबार ब्रेन्टफोर्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै एफएकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ब्रेन्टफोर्डका लागि डान्गो क्वाटारा पेनाल्टीमा चुकेपछि कोन्सटान्टिनोस माभरोपानोसले वेस्ट ह्यामका लागि पेनाल्टीमा निर्णायक गोल गरे।

त्यस अगाडि निर्धारित समयको खेलमा २–२ को बराबरीमा टुंगेको थियो। त्यसमा वेस्ट ह्यामका लागि जारोड बावेनले पहिलो हाफमै दुई गोल गरे।

ब्रेन्टफोर्डबाट सम्भव दुवै गोल भने थिएगोको नाममा रह्यो । यस नतिजासँगै एफएकपको अन्तिम आठको समीकरण पूरा भएको छ र ड्र पनि निकालिएको छ।

त्यस अनुसार वेस्ट ह्यामले अब लिड्स युनाइटेडको सामना गर्नेछ । यस्तै आर्सनलले साउथह्याम्पटन, चेल्सीले पोर्ट भेल र म्यानचेस्टर सिटीले लिभरपलसँग खेल्नेछ।