काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
फाइल फोटो।
अ+
अ-

जेनेभा। स्विट्जरल्यान्डको पश्चिमी क्षेत्र फ्रिबोर्ग क्यान्टोनस्थित केरजर्समा मंगलबार साँझ बसमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। क्यान्टोनल प्रहरीका अनुसार घाइतेमध्ये एक उद्धारकर्मीसहित तीन जनाको अवस्था गम्भीर रहेको छ।

प्रहरीले घटनामा अन्य कुनै सवारीसाधन संलग्न नभएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मानवीय कारणले आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार यो घटना जानाजानी गराइएको हुन सक्ने सम्भावना समेत अनुसन्धानमा रहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।