काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

जल पर्यटन

नदीको तीव्र बहाव पार गर्दै कायक खेलाडीहरूले आफ्नो सन्तुलन, गति र कौशल प्रदर्शन गरे

२७ फाल्गुन २०८२
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन र्‍याफ्टिङ तथा कायकिङ महोत्सवको दोस्रो दिनको कायाक क्रस प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। त्रिशूलीको तीव्र र चुनौतीपूर्ण छालबीच ३२ खेलाडी फाइनल चरणका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा त्रिशूली नदीमा भइरहेको प्रतियोगिता साहसिक जलक्रीडाको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित हुँदै गएको छ। मंगलबार सुरु भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी भएका छन्।

आयोजकका अनुसार प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना प्याडलर बुधबारको कायाक क्रस (३०० मिटर) प्रतिस्पर्धामा सहभागी भएका छन्। जसमा पहिलो डम्बरबहादुर पूर्वाछाने प्रथम भए भने रवीन्द्र चेपाङ, सुरेन्द्र चेपाङ र मोहन राना क्रमश: दोस्रो, तेस्रो र चौथो भएका छन्। नदीको तीव्र बहाव पार गर्दै कायक खेलाडीहरूले आफ्नो सन्तुलन, गति र कौशल प्रदर्शन गरेका छन्।

उनका अनुसार त्रिशूली, भोटेकोसी, कर्णाली र सेतीजस्ता नदीहरूले जल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गरेका छन्। यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालका नदीहरूको सम्भावना विश्वसामु उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको म्यान्डेटरी राफ्ट रेस आयोजना गरिएको थियो। उक्त रेसमा ११ टोली प्रतिस्पर्धामा उत्रिएका छन् र प्रत्येक टोलीमा चार-चार जना खेलाडी सहभागी भएका थिए।

तीन दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय महोत्सवले नेपालको नदी-आधारित साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ। प्रतियोगिताको समापन बिहीबार विजेता खेलाडी तथा टोलीलाई पुरस्कार वितरण तथा सम्मान गरिनेछ।
हेर्नुहोस् थप तस्बिर :