काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

सेयरबजार

साल्पा र रिलायन्सका लगानीकर्ताले गरे १० प्रतिशतले आम्दानी

२८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से २३.८७ अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.८५ प्रतिशतले बढेको नेप्से २८२०.४४ अंकमा रोकिएको हो।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ५.०१ अंकले बढेर ४८६.३८ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो दिनको तुलनामा १.०४ प्रतिशतले बढी हो।

सेयर बजारमा बिहीबार ३३५ कम्पनीको एक लाख ३० हजार १५ पटकको कारोबारमा चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० रुपैयाँको कारोबार भयो। बुधबार भने १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ रुपैयाँको कारोबार भएको थियो। मंगलबार २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ। ७७ कम्पनीको मात्र सेयर मूल्य घट्दा नौ कम्पनीका सेयर मूल्य स्थिर रहे। नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा तीन समूहको कारोबार मात्र घटे। बाँकी १० समूहका उपसूचक उकालो लागे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक २.०२‚ विकास बैंक १.२८‚ फाइनान्स १.३० प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहको उपसूचक भने ०.३५ प्रतिशतले घट्यो।

यसैगरी जलविद्युत् १.१०‚ लगानी १.१४‚ जीवन बिमा ०.३६‚ उत्पादन तथा प्रशोधन समूह ०.७३‚ लघुवित्त समूह ०.२७ र म्युचुअल फन्ड समूहको सूचक ०.४८ प्रतिशतले बढ्यो।

निर्जीवन बिमा ०.०४ र अन्य ०.७४ प्रतिशतले घट्दा व्यापार समूहको सूचक भने ०.१४ प्रतिशतले बढ्यो।

नेप्सेमा बिहीबार साल्पा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्थात् साल्पा र रिलायन्सका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे। यस्तै कुमारी सबल योजना म्युचुअल फन्ड ३.७२ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको ६७ करोड ७९ लाख ४३ हजार ५८८ रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा पनि सबैभन्दा बढी जलविद्युत् लगानी तथा विकास कम्पनीको प्रमोटर (संस्थापक) सेयर २६ लाख २५ हजार ७३२ कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २२० रुपैयाँ कायम रह्यो।