काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२८ फाल्गुन २०८२
अ+
अ-

कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर किशोरप्रसाद श्रेष्ठका अनुसार अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या दैनिक एक हजार ८०० सम्म पुगेको छ । प्रदूषणका बढेकाले अनावश्यक बाहिर ननिस्किन अस्पतालले अनुरोध गरेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार आकस्मिक कक्षमा बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

अस्पतलाको ओपिडी, डाइलासिस, बिमामा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सूचना अधिकारी श्रेष्ठले अझै बिरामीको सङ्ख्या बढ्न सक्ने बताए । यसका लागि आवश्यक व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन लागि परेको उनले बताए । सीमित स्रोतसाधनको बावजुत अस्पतालले गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

सेती प्रादेशिक अस्पतालमा कैलाली, कञ्चनपुरलगायत सुदूरका पहाडी जिल्लाबाट नागरिक उपचार गर्न आउने गरेका छन् ।