काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
डा. प्रकाश बुढाथोकी।
अ+
अ-

काठमाडौँ। गत २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट संकलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए। “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण संकलन गरिहेका थियौँ। केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो। हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ‚” उनले भने।

विवरणअनुसार गत ३१ असोजमा दुई हजार ५२२, गत ४ माघमा ७७ र यही २८ फागुनमा थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ।

प्रवक्ता बुढाथोकीका अनुसार सबैभन्दा धेरै ४५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ। यस्तै नेपाल पुलिस अस्पतालमा २०३, राष्ट्रिय ट्रमा सेन्टरमा १९० र त्रिवि शिक्षण अस्पतालमा १०८ जनाको उपचार भएको थियो।