काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। चैतन्य पाठशाला धनगढीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगत टमटालाई सम्मान गरेको छ।

चैतन्यले आफ्नो २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने राखेपका पूर्वमुख्य क्रिकेट प्रशिक्षकसमेत रहेका टमटालाई सम्मान गरेको हो।

महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक किङ्ज्लीलगायतले टमटालाई दोसल्ला प्रशंसापत्र र नगद ५० हजारसहित ‘चैतन्य खेलकुद साधना पुरस्कार-२०८२’ ले सम्मान गरे।

टमटाले चैतन्य पाठशालाले गरेको सम्मान आफ्नो मात्रै नभएर समग्र खेल जगतका लागि नै प्रेरणा हुने धारणा व्यक्त गरे।