काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ।

पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ।

बैठकले १७ जना खसआर्य, १६ जनजाति, तीन मुस्लिम, आठ दलित, नौ मधेसी तथा चारजना थारू ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनीष झाले सञ्चारकर्मीहरूलाई बताए।