काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। काली रानी फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ-मुहूर्त गर्दै सोमबार छायांकन थालिएको हो।

क्यामेरा पूजा गर्दै छायांकन थालिएको सिनेमाको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति थियो। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन्।

चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने होइन। निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो। चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ।

निर्माणपक्षका अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ छन्। चलचित्रलाई वसन्त निरौलाले निर्देशन गर्दै छन्। सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता कालीरानी श्रेष्ठ हुन्।

चलचित्रलाई श्याम तामाङले खिच्नेछन्। ४० दिनको छायांकन तालिका तय गरिएको अधिकांश दृश्य झापामै खिचिनेछ।