काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बाट प्राप्त बधाई तथा शुभकामनाप्रति धन्यवाद जनाएको छ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनाल ले जारी गरेको विज्ञप्तिमा नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।
सीपीसीले रास्वपासँगको बढ्दो सहकार्यप्रति खुसी व्यक्त गर्दै भविष्यमा सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ। साथै, रवि लामिछाने र बालेन्द्र शाह को नेतृत्वको प्रशंसा गर्दै नेपाल–चीन सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।