काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलको दक्षिण भागमा सभा–समारोह र खेलकुद कार्यक्रम गर्न रोक लगाएको छ।
महानगरले चैत ८ देखि घाँसे मैदान निर्माण सुरु गर्न लागेको र निर्माण अवधिभर कार्यक्रम अवरुद्ध हुने जानकारी दिएको छ।
सूचनामा भनिएको छ, “उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रमहरू अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्म वैकल्पिक व्यवस्था गर्नुहुन अनुरोध छ।”
