काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

४ चैत्र २०८२
तस्बिरहरू : केशव थापा/प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि पशुपतिनाथलाई धन्यवादस्वरूप बुधबार पूजा गरेको उनको सचिवालयले जनाएको छ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकामा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन्।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा गरेको सचिवालयद्वारा जारी ‘प्रेस नोट’मा उल्लेख छ।

त्यसअवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत सहभागी थिए।