काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

४ चैत्र २०८२
तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यकामा आज (बुधबार) घोडेजात्रा पर्व मनाइएको छ।

घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ। घोडेजात्राका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा बृहत् कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विभिन्न घोडचढी कला देखाइको थियो। घोडेजात्रा अवलोकन गर्न राष्ट्रपति‚ उपराष्ट्रपति‚ प्रधानमन्त्रीलगायत राज्यका विशिष्ट पदाधिकारी पुगेका थिए।

घोडेजात्रा हेर्न उत्सुक भएर टुँडिखेल पुगेका सर्वसाधारणको भने अवस्था विगतको जस्तै देखियो। भित्र कार्यक्रम भइरहँदा सर्वसाधारण फलामे बारबाट चियाइरहेका देखिन्थे। कतिपय आकासे पुलबाट हेरिरहेका थिए भने कोही जोखिम मोलेर रूखमा चढेका थिए।

हेर्नुहोस् थप तस्बिर :