काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

५ चैत्र २०८२
अ+
अ-

काठमाडौं। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो।

आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।