काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

६ चैत्र २०८२
कांग्रेस पार्टी कार्यालय। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

 बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा ल्याएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका थिए।

तर उपसभापति विश्वप्रकाश शर्माले भने उक्त राजीनामा स्वीकृत नहुने संकेत दिएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आजको बैठकमा सभापतिको राजीनामा पत्रसँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पनि पेस हुने जानकारी दिएका हुन्।

बैठकका प्रमुख एजेन्डामा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, हालै सम्पन्न निर्वाचनको समीक्षा तथा भावी रणनीति र कार्ययोजना तय गर्ने विषय समावेश छन्।