काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ चैत्र २०८२
अ+
अ-

डोल्पा। डोल्पामा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५औँ जिल्ला शाखा गठन गरिएको छ।

डोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सिजन रावलको उपस्थितिमा भएको कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा शतक रक्तदाता प्रेमसागर कर्माचार्य‚ सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेललगायत सहभागी थिए।

भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति बनाइएको छ। समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक, कोषाध्यक्षमा मीनराज बुढा चयन भएका छन्। सदस्यमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहोरा, आनन्दसिंह रावल र चन्द्रराज बुढा छन्।

राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्याय पनि सदस्यमा मनोनयन भएका छन्। त्यसअवसरमा शतक रक्तदाता कर्माचार्यले दुनैस्थित ध्रुवतारा आधारभूत विद्यालयअन्तर्गत अपांग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की शर्मिला विकको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन्।