कञ्चनपुर। महेन्द्रनगरस्थित कञ्चनपुर कारागारमा दुई कैदीबीच कुटाकुट हुँदा एकजना घाइते भएका छन्।
लागुऔषध मुद्दाका कैदी भुवन ऐर र गणेश विष्टबीच कुटाकुट भएको हो। टाउकोमा चोट लागेका विष्टको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ। कारागार प्रमुख हेमन्त साउदले विवादको कारणबारे अनुसन्धान भइरहेको बताए।
दुई महिनाअघि मात्रै कारागारमा कैदीबन्दीबीच झडप भएको थियो। कारगारभित्रै लागुऔषध भित्रिने गरेको आरोप लाग्ने गरेको छ। १८० जनाको क्षमता रहेको महेन्द्रनगर कारागारमा अहिले क्षमताभन्दा दोब्बर बढी १६ महिला सहित ३८४ जना कैदीबन्दी छन्।
यो पनि…