काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङ बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मैदान र भौतिक पूर्वाधार प्रयोगको अनुमति नपाएका कारण खेल रोक्नुपरेको एन्फाले जनाएको छ।

एन्फाले फागुन १० र चैत ३ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरी मैदान र फ्लडलाइट लगायतका भौतिक पूर्वाधार प्रयोगको अनुमति मागेको थियो। तर, राखेपले समयमै खेल सञ्चालनको स्वीकृति नदिएका कारण प्राविधिक कठिनाइ उत्पन्न भई खेल रोक्नुपरेको एन्फाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अन्तिम समयमा आएर खेल स्थगित हुँदा परेको असुविधाप्रति एन्फाले सम्पूर्ण फुटबल प्रेमीहरूसँग क्षमा मागेको छ।