काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

८ चैत्र २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।

साथै कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, र तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

देशका पहाडी र हिमाली भू–भागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।