काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ चैत्र २०८२
अ+
अ-

मकवानपुर। मकवानपुरमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। मती गाउँपालिका-९ बेतिनी बस्ने ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई गएराती एकथान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

सन्तकुमारको घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीलेले उनको घरमा खोजी गर्दा एक थान भरुवा बन्दुक फेला गरेको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।