काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। ललितपुरको हरिसिद्धिमा रहेको इँटाभट्टाको पर्खाल भत्कँदा एकजना कर्मचारीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

आइतबार बिहान हरिसिद्धिस्थित होसना इँटाभट्टाको पर्खाल भत्किँदा इँटाले च्यापिएर कर्मचारी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएकी छन्।

घाइतेको उपचार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।