काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ चैत्र २०८२
प्रकाशचन्द्र लोहनी।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन्।

अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै लोहनीले आइतबार राप्रपाको निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

उनले प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वमा रहेका पदाधिकारीहरूले पनि तत्काल मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछि प्राप्त हुने पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

उनले महाधिवेशनपछि पार्टीले दिने जिम्मेवारी भने स्वीकार गर्ने उनको आशय छ। यसअघि राप्रपाका नेता रवीन्द्र मिश्रले पनि पदबाट राजीनामा दिएका थिए।