काठमाडौँ। काठमाडौँको सुन्धारामा रहेको एक होटेलबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विशेष सूचनाका आधारमा काठमाडौँ ११‚ सुन्धारास्थित एक होटेलमा छापा मार्दा उनीहरू पक्राउ परेको एसएसपी सन्तोष खड्काले बताए।
पक्राउ पर्नेमा चितवन भरतपुर १ की ४० वर्षीया सपना गुप्ता, तनहुँ बन्दीपुर ३ का ४२ वर्षीय लुज शाक्य र पोखरा महानगरपालिका २‚ पृथ्वीचोकका २२ वर्षीय जोशिल बानियाँ छन्।
उनीहरूको साथबाट खैरो हेरोइन ८० ग्राम, डिजिटल तराजु, नगद दुई लाख ४४ हजार ९००‚ मोबाइल, आईप्याड, सिमकार्ड तथा हिसाब-किताबको डायरी बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।