काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। लागुऔषध खैरो हेरोइनसहित सुन्धारास्थित एक होटलबाट तीन जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आइतबार चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसिन बानियाँ र तनहुँका ज्योतिश्याम श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट खैरो हेरोइन ८० ग्राम, डिजिटल तराजु, दुई लाख ९४ हजार रुपैँयासमेत बरामद गरेको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।