काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ चैत्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। वीर अस्पतालमा क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेको छ भन्ने पहिचान गर्ने ‘स्पेक्ट-सिटी’ उपकरण भित्रिएको छ।

यसको सेवा सुरु हुन भने अझ एक महिना लाग्नेछ। अहिले उपकरण जडानको काम भइरहेको छ। यसमा सामान्य सिटी स्क्यानभन्दा उन्नत प्रविधि जडान छ। यसले मानव शरीरको संरचना प्रस्टसँग देखाउँछ। यो विशेषगरी क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलासँग जोडिएका रोगको पहिचान गर्नमा सहयोगी बन्नेछ।

उपकरण १५ करोडभन्दा बढी लागतको हो। यो अन्तर्राष्ट्रिय सहयोगमा वीर अस्पताललाई प्राप्त भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतको भनाइ छ। उपकरण जडान भइसकेपछि दैनिक १० देखि १५ बिरामीको परीक्षण गर्न सकिनेछ।