काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बर्दिया। दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका २‚ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले बताए।

सिकार खेल्न गएका अन्य पाँचजना भने बर्दिया हुँदै भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। फरार भएकामा बराहताल गाउँपालिका १‚ ज्यामिरेका रेशम सम्सेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनील सम्सेली, दुर्गाबहादुर सिँजाली रहेको प्रहरी प्रमुख शाहीले बताए।

उनका अनुसार बर्दियास्थित इलाका प्रहरी कार्यालय बगनाहाको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको छ।