काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका साढे २ वर्षका बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका २ का हरि श्रेष्ठका छोरा सोहनको सोमबार मृत्यु भएको जानकारी दिए।

उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ।