काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

चितवन। चितवनको रत्ननगर नगरपालिका ९‚ निपनीमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर ७ की ३५ वर्षीया मीना रेग्मी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु.२ख २८९४ नम्बरको ट्यांकरले भित्री सडकबाट निस्किँदै गरेको ना.५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटरको पछाडि बसेकी रेग्मीको मृत्यु भएको हो। ट्यांकरले रोकेर राखेको ना.६५प ७८८३, ना.५५प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो।

स्कुटर चालक भरतपुर ७ का पूर्ण सापकोटा सामान्य घाइते भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए। राप्ती नगरपालिका ७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।