राजविराज। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६‚ अन्डिपट्टीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।
स्थानीय किसुनदेव मण्डलको घरमा सोमबार आगलागी हुँदा उनका तीनवटा घर जलेको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भई आगो लागेको जनाइएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान छ।
स्थानीय बासिन्दा‚ प्रहरी र नगरपालिकाको वारुण यन्त्रले आगो निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।